ललितपुर कांग्रेसमा देउवा समूह विभाजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ललितपुर कांग्रेसमा देउवा समूह विभाजित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुँदैछ । जसअन्तर्गत ललितपुरमा शुक्रबार जिल्ला अधिवेशन हुने भएको छ ।

यसपटक ललितपुर कांग्रेसमा संस्थापन सभापति शेरबहादुर देउवा पक्ष विभाजित भएको छ । ललितपुरमा देउवा पक्ष तीन समूहमा छिन्नभिन्न भएको छ । वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा देउवा समूहका मदन अमात्य, उदयशमशेर राणा, प्रकाशनन्दन जोशी, जितजंग बस्नेत, कर्मा व्यञ्जनकार, नवराज महत तीनतिर बाँडिएका छन् ।

चार तहको अधिवेशनमा आफ्नो समूह पत्ता साफ भएपछि ललितपुर कांग्रेस सभापति अमात्य पूर्वअर्थराज्यमन्त्री राणासँग रिसाएका छन् । सोही कारण जिल्ला अधिवेशनमा अमात्यले पूर्वसभासद् रामकृष्ण चित्रकारको नेतृत्वमा नयाँ टिम तयार गरेका छन् । जसमा चित्रकार सभापति, उपसभापतिमा खोमप्रसाद घिमिरे र गजेन्द्र महर्जनले उम्मेदवारी घोषणा गरेका छन् । चित्रकार समूहलाई पूर्वसांसद चन्द्र महर्जन तथा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको साथ छ ।

उता, राणालगायतका नेताहरूले मिनकृष्ण महर्जनलाई सभापतिमा समर्थन गर्ने भएका छन् । जिल्लाका चारै तहको अधिवेशनमा राणा र महर्जनको प्यानल बनेको थियो । जसले वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा पकड जमाएको थियो । केन्द्रमा भने अमात्य र राणा दुवै देउवा पक्षका हुन् । संस्थापन पक्षमा पनि अमात्य देउवा र राणा आरजु देउवा निकट हुन् ।

ललितपुर कांग्रेस सभापतिका लागि जितेन्द्र श्रेष्ठले छुट्टै प्यानल बनाउने तयारी गरेका छन् । प्रकाशमान सिंह निकट श्रेष्ठलाई प्रकाशनन्दन जोशी, जितजंग बस्नेत, कर्मा व्यञ्जनकारलगायतको समर्थन छ । महर्जन र श्रेष्ठमध्ये जसले पहिलो राउन्डमा बढी मत ल्याउँछ उसैलाई दोस्रो चरणमा सभापतिमा समर्थन गर्ने सहमति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);