कांग्रेस अधिवेशन : ओखलढुंगामा संस्थापन पक्ष बलियाे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेस अधिवेशन : ओखलढुंगामा संस्थापन पक्ष बलियाे

ओखलढुंगा । नेपाली  कांग्रेसकाे १४ महाधिवशेन अन्तर्गत भएका ओखलढुंगाका दुई प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व  कायम गरेकाे छ ।

क्षेत्रीय अधिवेशनका दुवै समितिमा देउवा पक्षका उम्मेदवाहरूले क्लीन स्वीप गरेका थिए । क्षेत्र १ ख मा भने पाैडेल समूहका दुई जना प्रदेश प्रतिनिधि निर्वाचित भएका छन् । 

दुई प्रदेशसभा अन्तर्गतका दुई क्षेत्रीय समितिमा देउवा पक्षका उम्मेदवारहरू सन्ताेष थापा  र आश्रचन राईकाे प्यानल  विजयी भएकाे छ । जिल्ला अधिवेशनमा पनि देउवा पक्ष नै हावी देखिएकाे छ । 

जिल्ला सभापतिसहित सबै पदहरूमा देउवा पक्ष र पाैडेल काेइराला पक्षले प्यानल नै उम्मेदवारी दिएका थिए । देउवा पक्षबाट तेजन खनाल र पाैडेल काेइराला पक्षबाट बालकृष्ण दाहाल चुनावी मैदानमा थिए । निवर्तमान जिल्ला सभापति प्रदिप सुनुवारले खनाललाई साथ दिएका थिए । दाहाल पक्षमा कुमार लुइँटेल गाेमा केसीकाे साथ थियाे । 

तीव्र प्रतिस्पर्धाले आम निर्वाचनकाे झल्काे दिने गरी दुवै पक्ष चुनावी मैदानमा हाेमिएका थिए । सभापतिमा देउवा पक्षका खनालले ७०१ मत ल्याएर बिजयी भए । उनका प्रतिद्वन्द्वि बालकृष्ण दाहालले ६८८ मत पाए । एक उपसभापति र एक सहसचिव भने दाहाल प्यानलबाट पाैडेल काेइराला पक्षका निर्वाचित भए । अन्य पदािधकारीहरू सबै देउवा पक्षका आएका छन् । 

पाैडेल काेइराला पक्षलाई राहत

प्रदेश तथा जिल्ला कार्यसमितिमा पराजय व्यहाेरेकाे पाैडेल पक्षलाई महाधिवेशन प्रतिनिधिमा भने राहत  मिलेकाे छ । करिब ३५  प्रतिशत महाधिवेशन प्रतिनिधि भने निर्वाचित भएका छन् । २५ मध्ये ८ जना दाहाल प्यानलका निर्वाचित भए । दाहाल प्यानलबाट पाैडेल काेइराला पक्षका गाेमा केसी, कुमार लुइँटेल, लिलाबल्लभ दाहाल, हेमालक्ष्मी राई, अर्चना लुइँटेल लगायत छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);