गाेलाप्रथाबाट चुनिइन् विद्यार्थी नेता लुइँटेल कांग्रेस महाधिवेशन प्रतिनिधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गाेलाप्रथाबाट चुनिइन् विद्यार्थी नेता लुइँटेल कांग्रेस महाधिवेशन प्रतिनिधि

ओखलढुंगा । नेपाली कांग्रेसकाे १४औं महाधिवेशनअन्तर्गत ओखलढुंगामा केन्द्रीय प्रतिनिधिमा दुई उम्मेदवारकाे मत बराबर भएपछि गाेलाप्रथाबाट निर्णय लिइएकाे छ ।

समावेशी काेटाअन्तर्गत खस आर्य महिलामा उम्मेदवारी दिएका विद्यार्थी नेता अर्चना लुइँटेल र अम्बिका भट्टराईले समान पाँच सय ८८ पाएका थिए ।

दुईमध्ये एक छान्न कतिले पुन: मतगणना गर्ने उपाय सुझाए । तर निर्वाचन अधिकृत अधिवक्ता उज्वलराम श्रेष्ठले गाेलाप्रथा गरेर निर्वाचित गराउने विधि बताए । गाेलाप्रथा गर्दा लुइँटेलकाे भागमा निर्वाचितकाे चिठ्ठा पर्‍याे । र, उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भइन् । उनी महाधिवेशन प्रतिनिधिका उम्मेदवारमध्ये सबैभन्दा कम उमेरकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);