सभामुख र उपसभामुख चयनका विषयमा ओली-प्रचण्डबीच गहन छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सभामुख र उपसभामुख चयनका विषयमा ओली-प्रचण्डबीच गहन छलफल

काठमाडौं, ७ पुस । नेकपाका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमवार सभामुख र उपसभामुख चयनका बिषयमा गहन छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा ओली र प्रचण्डबीच प्रतिनिधि सभाको सभामुख र उपसभामुख चयन लगायत बिबिध बिषयमा छलफल भएको जनाइएको छ ।

संसद सचिवालयले यही पुस ११ गते सभामुख–उपसभामुखको निर्वाचन प्रकृया सुरु गर्ने जनाइसकेको छ । त्यसका लागि अबको चार दिनमा दलहरुले सभामुख र उपसभामुखबारे निर्णय गर्नुपर्नेछ । यही समयसीमालाई ख्याल गर्दै नेकपा नेतृत्वको ध्यान सभामुख छनोटमा केन्द्रीत भएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);