ओली र प्रचण्डबीच भेटवार्ता : सभामुख चयनका बिषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ओली र प्रचण्डबीच भेटवार्ता : सभामुख चयनका बिषयमा छलफल

काठमाडौं, २ माघ । केहीदिन यताको संवादहीनतालाई तोड्दै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधि सभाको सभामुख चयनका बिषयमा छलफल भएको जनाइएको छ । सभामुख चयनका लागि दुई अध्यक्षले फरक फरक नेतालाई अघि सारेपछि समस्या उव्जिएको थियो ।

तर बिहीवारको छलफल सकारात्मक भएको बताइएको छ । ओलीले सुवास नेम्वाङ र दाहालले अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आउनु भएको छ । सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको भएपनि उहाँले सभामुखको नाम तय नभइ राजीनामा नगर्ने बताउँदै आउनुभएको छ ।

ओली र दाहालको बिहीवारको सम्वादपछि सभामुख चयनबारे चाँडै सहमति हुने देखिएको नेकपाका नेताहरुले बताएका छन् । ओली र दाहालबीच गत आइतवारदेखि सभामुख चयनको बिषयलाई लिएर संवाद हुन सकेको थिएन ।

प्रतिनिधि सभाको बैठक माघ ६ गते बस्नेगरी बोलाइएको छ । नेकपामा पूर्व एमाले र पूर्व माओवादीबीच सभामुख कसलाई बनाउने भन्ने बिषयमा बिवाद बढ्दै गएपछि प्रतिनिधि सभा बैठक पटक –पटक स्थगित हुँदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);