नेकपा अध्यक्षद्धय ओली र दाहालबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा अध्यक्षद्धय ओली र दाहालबीच भेटवार्ता

oli n dahal

काठमाडौं, ३० साउन । पार्टीभित्र देखिएको विवाद समाधानका लागि सत्तारुढ नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको चार घण्टा लामो संवाद सकारात्मक भएपछि आज फेरि छलफल भएको हो ।

बिहीबारको बैठकमा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु परिवर्तनलगायतका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री केपी ओलीसंगको भएको वार्ताका कारेमा दाहालले आफ्नो समूहका नेताहरुलाई जानकारी समेत गराउनु भएको थियो ।

दाहालले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठलगायतलाई वालुवाटार भेटवार्ताबारे जानकारी गराएको बताइएको छ । अध्यक्षद्धय ओली र दाहालबीच साउन २० मा बालुवाटारमा छलफल भएयता कुनै संवाद हुन सकेको थिएन । दोस्रो तहका नेताहरुको प्रयासपछि दुई अध्यक्षबीच बिहिबार भेटवार्ता भएको हो ।

ओली र दाहालबीचको भेटवार्तामा केही समय नेता विष्णु पौडेल, शंकर पोखरेल र जनार्दन शर्माको पनि उपस्थिती थियो । गत असार १० बाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);