ओली-दाहालबीच बालुवाटारमा भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

ओली-दाहालबीच बालुवाटारमा भेटवार्ता

oli dahal

काठमाडौं, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीच बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको हो । दोस्रो तहका नेताहरुको प्रयासपछि आज दुई अध्यक्षबीच भेटवार्ता भएको हो । यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडान हुनुहुन्छ । अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन ।

पछिल्लो समय पार्टीका उपाध्यक्ष वामदेव गौतम र नेता रामबहादुर थापा प्रधानमन्त्री ओलीको पक्षमा देखिएसँगै नेकपा सचिवालयको समीकरण बदलिएको छ ।बदलिएको यो समीकरणले सचिवालयमा आफ्नो बहुमत देखिएपछि ओली सचिवालय बैठक गर्ने अडानमा हुनुहुन्थ्यो । थायी र केन्द्रीय कमिटीमा भने दाहाल–नेपाल समूहको बहुमत छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);