नेकपा मतभेद : दुई अध्यक्षबीचको भेटवार्ता निश्कर्षविहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेकपा मतभेद : दुई अध्यक्षबीचको भेटवार्ता निश्कर्षविहीन

oli prachanda

काठमाडौं, ३० असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको भेटवार्ता सकिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्षहरूबीच पार्टीमा जारी गतिरोध टुङ्ग्याउँने गरिको कुनै समझदारी भने नभएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिनुभयो।

उहाँका अनुसार भोली फेरि थप छलफल गर्न दुई अध्यक्षबीच भेटवार्ता हुनेछ। आजको भेटवार्तामा दुबै जनाले पूर्ववत् अडानलाई यथावत राखेको बताइएको छ।

जारी स्थायी समिति बैठकलाई पाँचौ पटक स्थगित गरेर दुई अध्यक्ष पार्टीभित्रको आन्तरिक मतभेदलाई टुङ्ग्याउँने कसरतमा जुट्दै आएका छन्। तर, पनि भेटवार्तामा मतभेद टुङ्ग्याउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा प्रगति भएको छैन।

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुबै प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल र उनीहरू पक्षधर सचिवालयसँगै स्थायी समितिका सदस्यहरूले राजीनामा माग्दै आएका छन्।
तर, पछिल्लो पटक राजीनामा विषयकै कारण पार्टी विभाजन नजिक पुगेपछि प्रचण्ड र नेपाल पक्षले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद ओेलीले छाड्नु पर्ने बटमलाइन बनाउँदै आएका छन्।

यद्यपि, ओलीले दुबै पद नछाड्ने अडानलाई दोहो¥याउँदै आउनु भएको छ। जसका कारण दुई अध्यक्षबीच हुने बारम्बारको भेटवार्ता फलदायी हुन सकेको छैन। यससँगै ओलीको पक्षमा उनका समर्थकहरूले देशका विभिन्न स्थानमा प्रदर्शन पनि गर्दै आएका छन्।

ओलीले आफ्नो राजीनामा भारतले मागेको र पार्टीका नेताहरू ‘एजेन्ट’ बनेको भन्दै राजीनामा माग्ने नेताहरूको चर्को आलोचना गर्दै आउनु भएको छ।

oli prachanda

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);