ओली–प्रचण्ड भेटवार्ता सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ओली–प्रचण्ड भेटवार्ता सुरु

prachanda oli

काठमाडौं, ३१ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिनुभयाे।यसअघि हिजो (मङ्गलबार) पनि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो।

पार्टीमा चर्किएको आन्तरिक मतभेद टुङ्ग्याउँन भन्दै अध्यक्षद्धय भेटवार्तामा जुट्दै आएका छन्। यद्यपि, कुनै समझदारी भने हुन सकेको छैन।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी र सरकार दुबै प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको भन्दै दुबै पदबाट राजीनामा माग्दै आएका छन्।

पार्टीका शीर्ष पाँच भित्रका अन्य नेताहरू झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले पनि ओलीको राजीनामा माग्दै आएका छन्।
राजीनामाको विषयले आन्तरिक मतभेद अझ उचाइमा पुगेपछि राजीनामा माग्ने पक्षले प्रधानमन्त्रीबाट मात्रै भएपनि ओलीले राजीनामा दिनु पर्ने अडान राख्दै आएका छन्।

तर, ओलीले भने कुनै पनि पद नछाड्ने पूर्ववत् अडानलाई यथावत राखेका छन्। मतभेदकै कारण नेकपा विभाजन नजिक पनि पुग्यो। हाललाई भने पार्टी विभाजन हुन सक्ने अवस्था नेकपामा टरेको देखिएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);