विपद्मा परी मृत्यु भएकाको परिवारलाई राहत दिन पूर्वसांसद मञ्चको माग | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

विपद्मा परी मृत्यु भएकाको परिवारलाई राहत दिन पूर्वसांसद मञ्चको माग

काठमाडाैं, ३० असार । पूर्वसांसद मञ्च, नेपालले अविरल वर्षापछि गएको बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिका परिवारहरूलाई तत्काल राहत सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

घाइते भएकाहरूको यथाशीघ्र उपचार र क्षति भएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्न पनि मञ्चले प्रेस–विज्ञप्तीमार्फत सरकारसँग माग गरेको छ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले विस्थापित भएका परिवारलाई जिविकोपार्जन गर्न उपयुक्त पुनर्वासको व्यवस्था सरकारले गर्नुपर्ने औंल्याउँनु भएकाे छ।

बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति पनि अध्यक्ष श्रेष्ठले दुःख व्यक्त गर्नुभयाे।

ताजा समाचार