विद्यार्थी संगठनले एकजुट भएर बाढी पीडितलाई सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फुलमाया आले

३० साउन, काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षेति भएकोे छ । बाढीपहिरो र डुबानले धेरै जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ ।

यस्तो बेला विपदमा परेकाहरूको खोज, उद्धार र राहतका लागि विभिन्न विद्यार्थी संगठनहरुले एकजुट भएर संयुक्त रुपमा बाढी र पहिरो पीडितहरुलाई सहयोग गर्ने भएका छन् ।

संयुक्त रुपमा विद्यार्थी संगठन एकजुट भएर चन्दा संकलनमा जाँदा दाताले पनि बढी सहयोग गर्ने अपेक्षा रहेकाले बाढीपहिरो पीडितलाई सहयोग गर्न लागिएको अनेरास्वियूकी अध्यक्ष नविना लामाले बताइन् ।

सडक र हवाई मार्ग दुवै अवरुद्ध भएको कारण चाहेर पनि तत्काल राहत वितरण तथा उद्धार गर्न कठिन भएको राजपा विद्यार्थी संगठनका अध्यक्ष मण्डल सदस्य मनिष मिश्रको भनाई छ ।

नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीले  मृतकका परिवारलाई २ लाख रुपैयाँ दिन सरकारले गरेको घोणणामा ५ लाख रुपैँयाँ पुर्याउन प्रधानमन्त्री समक्ष आग्रह गर्ने  बताए ।

क्रान्तिकारी संगठनका उपाध्यक्ष अनिल शर्माले आफ्नो संगठन सुरुवाती दिनबाट नै उद्धारमा खटेको बताउँदै देशमा क्रियाशील सम्पूर्ण विद्यार्थी संगठन एक जुट भएर परिचालित भएमा पीडितलाई छिटो राहत पुराउन सकिने बताए ।

यतिबेला बाढी र पहिरोका कारण हजारौँ मानिस विस्थापित भएका छन् । हराएकाहरूको तदारुकतापूर्वक खोजी हुन सकेको छैन । विस्थापितको अवस्था दयनीय छ । सरकार जुन रुपमा सक्रिय हुनुपर्ने हो, त्यो भएको छैन् । तराई डुब्दा सम्पूर्ण देश पीडामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);