नेपाली कांग्रेसद्वारा बाढी पीडितलाई ४५ लाख रुपैयाँ सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाली कांग्रेसद्वारा बाढी पीडितलाई ४५ लाख रुपैयाँ सहयोग

nepali congress

काठमाडौं, २ भदौ । नेपाली कांग्रेस केन्द्रीय समितिले ३० जिल्लाका बाढीपहिरो पीडितहरुलाई ४५ लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेसले मंगलबार एक बिज्ञप्ति जारी गर्दै बाढी पहिरोका कारण पछिल्ला दिनहरुमा भएको क्षतिको उद्धार र राहतका लागि सहयोग गरेको जनाएको हो ।

पहिलो चरणमा ३० वटा जिल्ला कार्यसमितिको नाममा १ लाख ५० हजार रुपैयाँको दरले रकम पठाइएको बिज्ञप्तिमा उल्लेख छ । कांग्रेसले बाढी पहिरोबाट प्रभावितको उद्धारका लागि सबैलाई आ–आफ्नो ठाउँबाट जुट्न पनि आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);