बागलुङका बाढीपीडितको अझै घरबारबिहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बागलुङका बाढीपीडितको अझै घरबारबिहीन

बागलुङ, १२ फागुन । २ करोड ५० लाख राहत रकम नगरपालिकाको खाता थुप्रियो। सरकारले बागलुङलाई विपद ग्रस्त जिल्ला घोषणा गरेको ६ महिना बितिसक्दा पनि बाढी पहिरोका कारण घरबास गुमेकाहरु अझै आफन्त, विद्यालय तथा सामुदायिक भवनमा आश्रय लिएर बस्न बाध्य छन् ।

जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाका बाढी पहिरोबाट घरबास गुमाएकाका लागि जनस्तरबाट उठेर बैंकमा थुप्रिएको २ करोड ५० लाख रूपैयाँ अहिलेसम्म वितरण हुन सकेको छैन । जनतालाई तत्काल राहत दिएर पुनर्निर्माण गर्न सहयोग गर्ने भनेर ६ महिनापछि मनसुन जन्य बिपद प्रभावित निजी आवास पुनर्निर्माण–पुनस्र्थापन कार्यविधि जिल्ला प्रशासन कार्यालय बागलुङमा पठाएको छ ।

देश तथा बिदेशबाट बागलुङ ढोरपाटनका बाढी पहिरो पीडितलाई सहयोग स्वरूप नगरपालिकाको एकद्वार खातामा जम्मा भएको रकम तत्काल वितरण गर्नुपर्ने सरोकारवालाहरुको माग छ । ढोरपाटनका बाढी पहिरोले घरवारविहीन भएकाहरूको लागि जनस्तरबाट उठेको सहयोग रकम दिने तयारी भइरहेको तथा केन्द्र र प्रदेश सरकारबाट समेत सहयोग माग गरिरहेको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले जानकारी दिनुभयो ।

अहिले सरकारले बनाएको कार्यविधि अनुसार पुर्ण रूपमा घरवार बिहिन भएका ब्यक्तिलाई पहाडी क्षेत्रमा ४ लाख हिमाली क्षेत्रमा ५ लाख र तराई क्षेत्रमा ३ लाख रकम घर पुनर्निर्माणको लागि दिने नीति बनाएको रकम जिल्लामा आएपछि कार्यक्रम अगाडि बढाउने योजना नगरपालिकाको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);