पोखराबाट मुक्तिनाथसम्म केवलकार सञ्चालनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पोखराबाट मुक्तिनाथसम्म केवलकार सञ्चालनको तयारी


काठमाडौं, १२ फागुन ।
मुक्तिनाथ दर्शनले नयाँ केवलकार संचालनको तयारी गरेको छ ।

महामारीका कारण थलिएको नेपालको पर्यंटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित मुक्तिनाथ दर्शनले नयाँ केवलकार संचालनको तयारी गरेको हो । हालसम्म कम्पनीले डीपीआर तयार गरी लगानी बोर्डले स्वीकृत समेत गरिसकेको छ ।

मुक्तिनाथ दर्शनले पोखराको विरेठाँटीदेखि मुक्तिनाथसम्म विश्वकै सबैभन्दा लामो ८० किलोमिटर दुरीको नयाँ केवलकार संचालन गर्न लागिएको मुक्तिनाथ दर्शन प्रालिका निर्देशक पुजनराज रेग्मीले जानकारी दिएका छन् ।

उक्त परियोजना कास्कीको विरेठाँटी हुँदै घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम भएर मुक्तिनाथसम्म पुग्नेछ । लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा विश्वकै लामो केबलकारका रूपमा मुक्तिनाथ केबलकार आयोजनाको विस्तृत आयोजना प्रतिवेदन सरकारको हातमा परेको हो । योजना अनुसार काम भए सन् २०२४ अगष्टपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमै जान सकिने निर्देशक रेग्मीले बताए ।

प्रति सेकेन्ड सात मिटरको गतिमा केबलकारका डिब्बा मुक्तिनाथसम्म पुग्न केबल तीन घण्टा ३६ मिनेट लाग्ने छ । ५३ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको उक्त परियोजनाले पर्यटन प्रवद्र्धनमा निकै महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);