विश्वकै सबैभन्दा लामो केबलकार सञ्चालनका लागि विदेशी बैंकहरु सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वकै सबैभन्दा लामो केबलकार सञ्चालनका लागि विदेशी बैंकहरु सकारात्मक

काठमाडाैं, १७ फागुन । विश्वकै सबैभन्दा लामो केबलकार मुक्तिनाथ दर्शन प्रा.लि.सञ्चालनका लागि विदेशी बैंकहरु सकारात्मक देखिएको प्रबद्र्धक संस्थाले जनाएको छ । लगानीका लागि सकारात्मक भएपनि पहिलो शर्तका रुपमा आयोजना विकास सम्झौता (पीडीए) हुनु पर्नै सर्त उनीहरुले अगाडि राखेको बताइएको छ ।

प्रबद्र्धक संस्था मुक्तिनाथ दर्शनले, आगामी ६ महिनाभित्र पीडीए सम्पन्न गरी लगानी जुटाएर आगामी वर्षदेखि निर्माण थाल्ने योजना रहेको बताएको छ । संस्थाले, लगानीका लागि विभिन्न देशका बैंकहरुसंग लगानीका लागि भएको छलफल सहमतिको नजिक पुगिसकेको जनाएको छ ।

स्वपुँजी जुटाउनका लागि कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्रि गर्ने योजना बनाएको छ । कम्पनीले केबलकारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी गत कात्तिक १५ गते नै लगानी बोर्डमा बुझाइसकेको छ ।

यो वर्ष पीडीए, वित्तीय व्यवस्थापन र निर्माण सम्झौताको काम सकेर आगामी २०७८ पुसदेखि केवलकार संरचनाको निर्माण थालेर ४३ महिनाभित्रै सेवा सञ्चालन गर्ने उसको योजना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);