साग टिपेको आरोप लाग्दा महिला ले गरिन आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

साग टिपेको आरोप लाग्दा महिला ले गरिन आत्महत्या

कैलास दास
धनुषा, १७ फागुन ।
छिमेकी भन्ने बितिकै एक अर्कालाई दुःख सुखमा साथ दिने भन्ने मान्यता रहने गरेको छ । तर धुनषाको औरही गाउँपालिका–२ कि बिनिता देवी यादवले छिमेकीको बारीमा फलेको साग टिपेर खाँदा बढेको विवाद आत्महत्या सम्म पुगेको छ । साग चोरेर खाएको घटनापछि पञ्चायतले तोकेको जरिवाना तिर्न नसक्दा आत्महत्या गरेको यादवको आफन्तहरुको आरोप छ ।

औरही गाउँपालिका–२ देउरीकी ३६ वर्षिया बिनिता देवी यादवले साग चोरेको निहुँमा पञ्चायतले तोकेको जरिवाना तिर्न नसक्दा फाल्गुन १४ गते आत्महत्या गरेकी छन् । गाउँकै छिमेकी ओसरा बलाको खेतमा साग टिपेको विषयमा भएको विवादपछि पञ्चायतले बिनिता लगायत तीनजना महिलालाई जनही पाँचहजार रुपैयाँ जरिवाना तोकेको थियो । पञ्चायतले तत्कालै जरिवाना तिर्न दबाब दिएपछि बिनिताले आफ्नो घरमा पासो लगाइ आत्यहत्या गरेको स्थानीयको आरोप छ ।


साग चोरेको आरोपमा सुमित्रा, बबिता र बिनितामाथि स्थानीय महिलाले कुटपिटपछि पीडित तीनैजनाले आफुहरुमाथि अन्याय भएको भन्दै पञ्चायत डाकेका थिए । वडाध्यक्ष अमित यादवको अगुवाइमा बसेको पञ्चायतमा उल्टै ती महिलाको गल्ती ठह¥याइ जरिवाना रकम तोकेको थियो । सोही निहुँमा घरमा झुण्डिएर आत्महत्या गरेको मृतकका ससुरा विन्देश्वर यादवको गुनासो छ ।

यता गाउँमा सानातिना घटनाहरु टोल समाज मै मिलाउँदै आएको पञ्चायतले भने उक्त घटनामा माफी मात्र माग्न लगाउने निर्णय भएको जनाएको छ । ती महिलाहरुलाई कुनै पनि जरिवानाको निर्णय नगरेको पञ्चायतमा बसेका वडा अध्यक्ष अमितकुमार यादवको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले के कारणले आत्महत्या गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

प्रहरीमा निवेदन गर्न जाँदा मृतकका ससुरा विन्देश्वर यादवले निवेदन नदिन दबाब दिएपछि आफुहरु प्रहरीमा निवेदन नदिइकन फर्केको मृतकका आफन्त रोशनकुमार यादवले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);