छिमेकीलाई ‘विषालु साग’ दिनेले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

छिमेकीलाई ‘विषालु साग’ दिनेले गरे आत्महत्या

सुवास आचार्य
बाग्लुङ, १४ भदौ ।
बाग्लुङको काठेखोलागाउँपालिका–५ बिहुँ रिजालचोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् । जरिङ्गोको सागदिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले आज आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

छिमेकीले दिएको जरिङ्गोको साग खाएर गत बिहीबार बिहान रिजाल चोकका ७१ वर्षीय देउरुपा कँडेल, उनका छोरा ३७ वर्षीय चुडामणि कँडेल, बुहारी ३७ वर्षीया चिजा कँडेल, र १७ वर्षीय नाति सन्तोष कँडेल गम्भीर बिरामी परेका माधव गिरी अस्पतालमा उपचार हुन नसकेपछि पोखरा पठाइएको थियो।

बिरामीमध्ये चुडामणि कँडेलको आईसीयूमा राखेर उपचार भइरहेको छ भने अन्य सामान्य अवस्थामा फर्केका छन् । विषालु साग खाएकामा मानसिक विचलन देखिएको छ ।

शुक्रबार साझबाट वेपत्ता भएकोमा शनिबार बिहान घरभन्दा १०० मिटर तलको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

आत्महत्या गर्नेले समेत विषालु सागखाएर विरामी भएको भएपनि घरेलु औषधि खाएर ठिक भएको भएपनि सागले मानसिक असर गरेको हुनसक्छ अथवा साग दिएका कारण अन्य बिरामी परेको तनावमा आएर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । विकको शव परीक्षणका लागि धवलागिरी अस्पताल ल्याइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);