बस्ती मुनीबाट पहिरो खस्न लागेपछि बोल्दे गाउँ जोखिममा (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बस्ती मुनीबाट पहिरो खस्न लागेपछि बोल्दे गाउँ जोखिममा (फोटोफिचर)

सिन्धुपाल्चोक, १४ भदौ । बस्ती मुनीबाट पहिरो खस्न लागेपछि हेलम्बु गाउँपालिका ५ स्थित बोल्दे गाउँ जोखिममा परेको छ । पहिराले बोल्दे ,लावगाँउ,उर्लेनी ,कल्लेरी लगयात ठाँउमा पहिरो गएर जोखिम बढेका स्थानीयवासी मनोज लामाले बताउनुभयो ।

मेलम्ची खानेपानीले सुरुङ खनेको कारण यो अवस्था आएको स्थानियको आरोप छ । लामाले भन्नुभयो, ‘जहाँ सुरुङ खनेको छ त्यहाँ माथि जमिन कमजोर भएपछि धाँजा फाटेको छ ।’ जुनसुकै बेला पहिरो जान सक्ने भन्दै स्थानियले सुरक्षित स्थानमा सारीदिन आग्रह गरेका छन् ।

गाउँपालिका अध्यक्ष निमाग्याल्चेन शेर्पाका अनुसार अति जोखिम भएका केही घरका स्थानीयलाई तत्कालका लागि सुरक्षित स्थानमा सारिसकेको छ । उनीहरुलाई आवश्यक परेका सामग्री गाउँपालिकाले व्यवस्था गरेको छ ।

यो बस्ती जोखिम स्थानमा रहेकाले सिंगो गाउँ नै स्थानान्तरण गर्नुपर्ने अध्यक्ष शेर्पा बताउँनुहुन्छ । बस्ती स्थानान्तरणमा सहयोग गर्न मेलम्ची खानेपानीलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);