भ्रष्टाचार नीतिगत रुपमा मौलाउँदै गएको भन्दै असन्तुष्टपक्षको आन्दोलन घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भ्रष्टाचार नीतिगत रुपमा मौलाउँदै गएको भन्दै असन्तुष्टपक्षको आन्दोलन घोषणा

सप्तरी, १७ फागुन । सप्तरीको सप्तकोशी नगरपालिकामा भ्रष्टाचार नीतिगत रुपमा मौलाउँदै गएको भन्दै असन्तुष्टपक्षहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । नगरमा कर्मचारी, शिक्षक नियुक्ति तथा विकास निर्माणका कार्यमा अनियमितता हुँदै आएको उनीहरुको आरोप छ। सप्तकोशी नगरपालिकामा नेकपाको पूर्ण बहुमत सहितको सरकार छ।

जनअपेक्षा पुरा गर्न जनताले दिएको बहुमतभित्र विभिन्न कारणले फाटो परेपछि त्यसको परिणाम प्रदर्शनमा परिणत भएको छ। नेकपाभित्रकै असन्तुष्ट पक्षको नेतृत्वकर्ता वडा नं. १ का वडाध्यक्ष नारायण आचार्य सहितको टोलीका साथमा विपक्षीदलहरु नेपाली कांग्रेस, जसपा नेपाल र राप्रपा संयुक्त रुपमा बिरोधमा उत्रिएका हुन। नगरमा कर्मचारी तथा शिक्षक नियुक्ति प्रक्रियामा नातावाद कृपावाद हावी भएको उनीहरुको आरोप छ।

नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत, सुचना अधिकारी, शिक्षा शाखा प्रमुख, परिक्षाका लागि बाहिरबाट बोलाइएका बिज्ञहरुको टोली लगायत झण्डै एक दर्जन व्यक्तिलाई असन्तुष्ट पक्षले परिक्षा कक्षमै थुनेर तालाबन्दी गरेका थिए। असहयोग गर्ने प्रबृत्तिले बिरोध प्रदर्शन भएको भन्दै मेयर उत्तम कुमार शर्माले तालाबन्दी खोलेर परिक्षा सुचारु गर्नुभएको थियो।

असन्तुष्ट पक्षले भने स्थानिय सरकार एकलौटी रुपमा अघि बढेको भन्दै आफ्ना माग पुरा नभए नगरपालिकामा तालाबन्दी गर्ने बताएको छ। भ्रष्टाचारका बिरुद्ध चरणबद्ध आन्दोलन गर्ने साथै बभिन्न शिर्षकमा भएका भ्रष्टाचारका बिरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी रहेको उनीहरुको भनाइ छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);