माओवादी केन्द्रद्वारा सप्तरीमा दुई महिने भ्रष्टाचार बिरुद्ध अभियान चलाउने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

माओवादी केन्द्रद्वारा सप्तरीमा दुई महिने भ्रष्टाचार बिरुद्ध अभियान चलाउने निर्णय

सप्तरी, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सप्तरीमा दुई महिने लामो संगठन सुदृढिकरण तथा भ्रष्टाचार बिरुद्ध अभियान थाल्ने भएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको एकता र सर्वोच्च अदालतबाट पछिल्लो पटक आएको फैसला पश्चात् नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष अशोक कुमार मण्डलको अध्यक्षतामा बसेको प्रथम बैठकले अभियान चलाउने निर्णय गरेको हो ।

बैठकपछि आइतबार सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलले पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउन तथा जिल्लास्थित विभिन्न कार्यालयमा मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रण गर्न बैशाख ३ गते देखी दुई महिने संगठन सुदृढिकरण, जनसम्बन्ध बिस्तार तथा भ्रष्टाचार बिरोधी अभियान चलाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

अभियान प्रभावकारी ढंगले संचालन गर्न जिल्लाका १८ वटै स्थानिय तहमा प्रतिनिधि तोकेर जिम्मेवारी बाँडफाँड गरिसकेको उहाँको भनाई छ । अभियानको सुरुवात आगामी बैशाख ३ गतेदेखि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाबाट गरिने भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);