बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

बर्दिया, १८ फागुन । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट गेरुवा गाउँपालिकाका लालबहादुर थारुको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सामुदायिक वनमा भैँसी चराउन गएको बेला सोमबार दिनको करिब २ बजे बाघले आक्रमण गरेको प्रहरीले बताएको छ ।

बर्दियाको राजापुर नगरपालिका १० का ६२ बर्षीय लालबहादुर थारु गेरुवा गाउँपालिका ४ को नौबास मध्यवर्ती सामुदायिक वनमा भैँसी चराउन गएको बेला बाघले आक्रमण गरी जङ्गल तर्फ लगेको थियो ।

बाघले आक्रमण गरेपछि बर्दिया राष्ट्रिय निकुञ्जबाट हात्ती परिचालन गरी खोज्ने क्रममा थारुको शव कम्मर भन्दा मुनि पूर्ण रूपमा खाएको अवस्थामा फेला परेको जनाइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्गमा बाघको संख्या ८७ पुगेको छ भने खाता जैविक मार्ग र गेरुवा गाउँपालिका क्षेत्रमा एक वर्ष यता ६ जनाको बाघको आक्रमण परी ज्यान गएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);