आगलागीबाट ५ घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आगलागीबाट ५ घर जलेर नष्ट

कपिलवस्तु, १८ फागुन । कपिलवस्तुको यशोधरा गाँउपालिका–८ बाँसखोरमा आगलागीबाट ५ घर जलेर नष्ट भएको छ । सोमबार बेलुका साढे सात बजे तिर स्थानीयले खाना पकाउने समयमा अचानक उठेको आगोबाट गाउँमा आगो लागेको थियो ।

तिब्ररुपमा फैलिएको आगो केही क्षेण मै ५ घरमा छोएका थियो । आगलागीबाट लत्ताकपडा, खाद्यान्न, काठपात जलेर नष्ट भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादपुर डगरीका ईन्चार्ज शंकर सिखले जानकारी दिए ।

स्थानीय प्रहरी, सशस्त्र, दमकल र स्थानीयबासीहरु मिलेर गाउँको आगो आधा घन्टा पछि नियन्त्रणमा लिएका थिए । आगोबाट ५ घरका करिब ३३ परिवार बिचल्ली भएका छन । पीडितहरुलाई राति जिल्लाका केही समाजसेवी र यशोधरा गाउँपालिकाले खाद्यान्न र जाडोबाट बच्न ब्ल्यांकेटको व्यवस्था गरेको थियो ।

आगलागीबाट करिब ३६ लाख बढीको सम्पति क्षति भएको प्रहरी चौकी मर्यादपुरका ईन्चार्ज लिला बहादुर कुँवरले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);