फुङलिङ बजारमा आगलागी हुँदा सात घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

फुङलिङ बजारमा आगलागी हुँदा सात घर जलेर नष्ट

taplejung aaglagi

एजेन्सी, २० वैशाख । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । शुक्रबार राति करिब साढे १० बजे फुङलिङ बजारको पुरानो बैंक लाइनमा लागेको आगलागीबाट सात घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएको छ । भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयवासीले बताएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि सात घरमा रहेका ११ वटा साना होटल तथा पसल रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);