मजदुर दिवशबारे अनभिज्ञ मजदुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मजदुर दिवशबारे अनभिज्ञ मजदुर

काठमाडौं, १९ वैशाख | आज १३१औँ अन्तर्रा्िष्ट्रय श्रमिक दिवस विश्व भर मनाएको छ । प्रत्येक वर्ष मे १ तारिखका दिन विश्वमा अन्तर्रा्िष्ट्रय श्रमिक आन्दोलनको उत्सवको रूपमा यो दिवस मनाइने गरिन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । तर श्रमिकहरु भने दैनिक श्रम नगरे साझँ र बिहानको चुलो कसरी बाल्ने भन्ने पिरलोमा छन् ।

त्यसैगरी दाङका श्रमिकहरुलाई भने आज श्रमिक दिवस हो भन्ने सम्म थाहा छैन्, भने कतिले लकडाउनको वास्ता नगरी श्रममा नै ब्यस्त छन् । तुलसीपुर ९ की तारादेवी विक पनि दैनिक ज्याला मजदुरी तथा गिट्टी कुटेर परिवार पाल्ने श्रमिक हुन् ।‘लकडाउनसंगै विकास निर्माणका काम बन्द भएपछि काम पनि रोकियो, तर भोकोपेट घरभित्रै बसेर के गर्नु ,’ उहाँले भन्नुभयो । घरमा ५ जनाको परिवार छ, यसरी काम नगरे खाना नपुग्ने भन्दै विकले लामो समय सम्म लकडाउनले हुदाँ धेरै समस्या भयो ।

त्यसैगरी सल्यान घर भई तुलसीपुर ६ मा घर भाडामा बस्दै आएकी अर्की श्रमिक सुस्मा नेपालीले पनि दैनिक काम नगरी खान नपुग्ने बताउनुभयो । ‘ घरमा ९ जनाको परिवार छ, अर्काको घरमा मासिक ३ हजार तिरेर बस्दै आएको छौँ,’ उनले भनिन् ‘ दैनिक ज्याला मजदुरी नगरी साँझ विहान छाक टर्दैन त्यसैले के दिवश हो थाहा छैन ्।

त्यसैगरी अर्का तुलसीपुर अटोभिलेजमा काम गर्ने श्रमिक मिनराज महतराले काम नगरी खान नपाइने भएकोले काम गर्नुपर्ने बताउनुभयो । खेतीपाती पनि छैन्, खानाको लागी काम त गर्नु प¥र्याे । तुलसीपुर अटोभिलेजमा काम गर्ने तुलसीपुर उपमहानगरपालिका १३ का प्रकाश वलीले पनि श्रमिक दिवस भएर के गर्ने घरपरिवार चलाउनको लागी काम गर्नु पर्ने बताउनुभयो ।

यता तुलसीपुरको अटो भिलेजका अध्यक्ष टोपबहादुर महतरा एंव श्रमिक टोप बहादुर महतराले श्रमिक दिवस भनेर मात्र नभई श्रम गर्ने श्रमिकहरुलाई राज्यले कामको ब्यवस्था मिलाई दिनु पर्ने बताउनुभयो । ‘जुन श्रमिकले एक दिन काम नगरी उस्को घरमा चुलो बल्दैन्,’ त्यस्ता श्रमिकहरुका लागी राज्यले कामको ब्यवस्था मिलाउनु पर्दछ । ’ उहाँले भन्नुभयो । अहिले अटोभिलेजमा पनि खाद्यान्न बोक्ने ट्रक, कृषीको काम गर्ने ट्याक्टर, सुरक्षा कर्मीका गाडीहरु सामाजिक दुरी कायम गर्दै काम गर्दै आएको उहाँले बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);