वनमा भैंसी चराउने क्रममा बाघको आक्रमणबाट एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वनमा भैंसी चराउने क्रममा बाघको आक्रमणबाट एक जनाको मृत्यु

दीपकलाल श्रेष्ठ,
बर्दिया । पाटे बाघको आक्रमणबाट फेरी १ जनाको ज्यान गएको छ । पाटे बाघले आक्रमण गर्दा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुरका ७० बर्षीय गोरे थापाको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

शनिबार भैंसीचराउन सामुदायिक वनतिर गएका थापा घर नफर्किए पछि निकुञ्जको टोलिले खोजी गरेको थियो । सम्पर्क विहिन भएका थापालाई हात्तीको सहायता बाट खोजी गर्ने क्रममा कालीगोडि बफरजोन सामुदायिक वनमा आज विहान मृत भेटिएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए ।

यसअघि असार २१ गते मात्रै बर्दियाको मधुवन नगरपालिका–३ का ६७ वर्षका चित्रबहादुर केसीको पनि बाघको आक्रमणमा परी ज्यान गएको थियो । मानिसहरु निर्वाध रुपमा जंगल भित्र बाख्रा र भैँसी चरनका लागि जाने साथ च्याउ र न्यूरो को साग टिप्न जाने क्रममा बाघको आक्रमणबाट मृत्यु हुने बढि रहेका छन।

यो सहित बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १३ जनाको ज्यान गएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);