बाघको आक्रमणबाट एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुर ९ नम्बरमा बस्ने ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो ।

थापा बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा सोमबार बाघको आक्रमणमा परी ती महिलाको ज्यान गएको हो ।

डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा खोजी गर्दा मृतावस्थामा शव फेला पारिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बाघको आक्रमण निरन्तर भइरहेको हुँदा त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);