बर्दियाको गेरुवामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बर्दिया, ५ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । घर छेउको बारीमा घाँस काटिरहेको अवस्थामा बाघको आक्रमणबाट गेरुवा गाउँपालिका ४ दंगापुर की ५६ वर्षीया रामकली शाहीको मृत्यु भएको हो ।

बारीमा गाँउकै ७/८ जनाको समुहमा घाँस काटिरहेको समयमा शाहीलाई एक्कासी बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);