कपिलवस्तुमा कोरोना सङक्रमित घट्दै , असार ६ यता मृत्युदर शुन्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कपिलवस्तुमा कोरोना सङक्रमित घट्दै , असार ६ यता मृत्युदर शुन्य

कपिलवस्तु । कपिलवस्तुमा कारोना सङक्रमितको सङख्या निरन्तर घट्दै गएको छ । विगत एक महिना यता जिल्लामा सङक्रमितको सङख्या घट्दै गएको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार असार ६ गते यता मृत्यु हुनेको सङख्या पनि शुन्य रहेको छ ।

असार ६ यता मृत्यु संख्या शुन्य छ स्वास्थ्य कार्यलय कपिलवस्तुका कोरोना नियन्त्रण फोकल पर्सन उमेस घिमिरेले भने । यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको सङख्या ७६ पुगेको छ । जिल्लामा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको सङख्या १९५ रहेको छ । यस्तै सङक्रमित सङख्या ५ हजार ५२३ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);