साझा प्रयास अभियानद्वारा कपिलवस्तु नगरपालिकालाई १० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साझा प्रयास अभियानद्वारा कपिलवस्तु नगरपालिकालाई १० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

कपिलवस्तु । साझा प्रयास अभियानले जिल्लामा कोरोना भाइसरसबाट प्रभावितको उपचारमा सहयोग तथा न्यूनिकरणका लागि समुदायस्तरमा काम गर्दै आइरहेको छ । शुकबार टि चु फाउडेसनको सहयोगमा कपिलवस्तु नगरपालिकालाई १० लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरबाट ग्रसित भइ बिगतका दिनमा कपिलवस्तुको अवस्था भयावह रहेको महसूस गरी तेश्रो लहरबाट जोगिनका निम्ति यी सामग्री वितरण गरिएको साझा प्रयास अभियानका संयोजक रवी ठाकुरले बताए ।

कोरोना महामारीको दोश्रो लहरलाई परास्त गर्नका निम्ति कपिलवस्तु नगरपालिकाको कोभिड अस्पताल एवं स्वास्थ्य चौकीद्वारा प्रवाह गरिने सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले सहयोग गर्न हस्तान्तरण कार्यक्रममा परोपकारी ब्यक्तित्व भिच्छु महासंघका अध्यक्ष भिच्छु मैत्रीबाट उक्त सामग्री नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

जसमा अक्सिजन कनसनटेटर ५ थान,अक्सिमिटर ,थर्मल गन,फेस सिट ,पि।पि।इ सेट,एन्टिजिन किट,नसिंग ग्लोब, के।९५ मास्क ,सर्जिकल मास्क लगायत १४ प्रकारका साम्रागी विभिन्न परमाणमा हस्तानतरण गरएको हो । उक्त साम्रगी कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहलाई हस्तानतरण गरिएको हो ।

बैशाख २५ गते देखि सुरु भएको साझा प्रयास अभियान को “कोभिड दोश्रो लहरको प्रतिकार्य“ “कोभिड तेश्रो लहरको बचाव कार्य“ यात्रा जारी नै रहेको साझा प्रयास अभियान का सचिव राजेश ज्ञवाली ले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रम मा स्वागत मन्तब्य दिदै दोश्रो लहर बाट पार पाउन समन्वय गरी आक्सीजन सिलिंडर,स्वास्थ्य सामग्री को उपलब्धता गराउने कार्य अधियानले निरन्तर गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);