Our Network

मंसिर १४ २०७८, मंगलबार

बेसिसहर नगरपालिकामा माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने

लमजुङ । बेसिसहर नगरपालिकाले माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको  छ । वल्ड भिजन इन्टरनेसनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र  आरसीडीसी लमजुङले प्रयोगशाला सञ्चालनका लागि बेंसीसहर नगरपालिकालाई मेसिन हस्तान्तरण गरेको छ ।

आइतबार बेसीसहरमा एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकालाई विद्युतीय मेसिन, टेष्ट किट्स र केमिकललगायतको सामग्री हस्तान्तरण गरिएको हो । आरसीडीसीका अध्यक्ष पद्मा गुरुङ र जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र उपप्रमुख लक्ष्मीदेवी अधिकारीलाई हस्तान्तरण गरेका हुन्। 

नगरपालिकालाई चार लाख ६२ हजार तीन सय ९६ रुपैयाँ बराबरको माटो परीक्षण मेसिन सहयोग गरिएको आरसीडीसीले जनाएको छ । जिल्लामै माटो परीक्षण हुने भएपछि किसानले माटोअनुसार खेती गर्नसक्ने उनले बताए । नगरपालिका र आरसीडीसीबीच माटो परीक्षण प्रयोगशाला सञ्चालनका लागि सम्झौतासमेत भएको छ ।

 बेंसीसहर नगरपालिका खाद्यान्न बाली, दलहन बाली, तरकारी, फलफूल खेती र पशुपालनको सम्भावना रहेको पालिका रहेकाले माटो परीक्षण गरेर आएको नतिजाअनुसार खेती गर्न सकेमा किसानलाई सहज हुने आरसीडीसीका कार्यक्रम व्यवस्थापक विश्व विनोद घिमिरेले बताए । सम्झौताअनुसार नगरपालिकाले माटो परीक्षण प्रयोगशाला निर्माणका लागि आवश्यक वेसिन, रेफ्रीजरेटर साथै पानीको व्यवथापन गर्नेछ । 

Leave a Reply