पोखरामा पनि कोरोना भाइरस परीक्षण हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पोखरामा पनि कोरोना भाइरस परीक्षण हुने

corona virus vaccine

पोखरा, १८ चैत । कोरोना भाइरस लागे नलागेको थाहा पाउन पीसीआर मेसिन अन्ततः पोखरा आइपुगेको छ । बिरामीको स्वाब परीक्षण गर्ने पीसीआर मेसिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा अवतरण गरेको छ ।

हेलिकप्टर अवतरण गरेसँगै मेसिन कहाँ राख्ने भन्ने विषयमा देखिएको विवाद पनि अब टुङ्गिएको छ ।

प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन पनि राख्ने सहमति भएको प्रदेश निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

मेसिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आएको छ । अब गण्डकी प्रदेशका सम्भावित कोरोना संक्रमितको परीक्षण पोखरामा नै हुने भएको छ ।

रासस

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);