पाल्पामा पुग्यो पीसीआर मेसिन ,एक हप्ता भित्रै कोरोना जाँच हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाल्पामा पुग्यो पीसीआर मेसिन ,एक हप्ता भित्रै कोरोना जाँच हुने

पाल्पा, २७ भदौ । कोरोना भाइरस संक्रमण परीक्षण गर्न पीसीआर मेसिन पाल्पा आइपुगेको छ । अब कम्तीमा एकसाताभित्र स्वाब परीक्षण गर्ने गरी तयारी गरिएको पाल्पा अस्पताल व्यवस्थापन समितिले जनाएको छ । सरकारले पाल्पामा समेत कोरोना परीक्षणका लागि पीसीआर मेसिन राख्ने निर्णय गरेपछि एक करोड रुपैयामा मेसिन खरिद प्रकृया अगाडि बढाइएको थियो ।

छोटो प्रक्रियामार्फत टेण्डर गरेर छनौट भएका ओम सर्जिकल्सले पीसीआर मेसिन पाल्पाको तानसेनमा निर्माण भएर ल्याबमा ल्याएको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । ।

प्रतिघण्टा ९२ जनाको स्वाब परीक्षण गर्न सकिने पीसीआर मेसिन ल्याउन ७७ लाखमा व्यवसायिक कम्पनीसँग ठेक्का सम्झौता भएको उहाँले शनिबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा पीसीआर मेसिनका बारेमा जानकारी गराउदैै अस्पतालका अध्यक्ष सहितका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिीती रहेका थिए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);