बागमती प्रदेश सरकारले सबै जिल्लामा पीसीआर मेसिन राख्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बागमती प्रदेश सरकारले सबै जिल्लामा पीसीआर मेसिन राख्ने

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा पीसीआर मेसिन राख्ने निर्णय गरेको छ ।

कोभिड संक्रमण बढ्दै गएकोले प्रदेशका सबै जिल्लामा स्वाब परीक्षण गर्ने पीसीआर मेसिन राख्ने प्रदेश सरकारले निर्णय गरेको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं सरकारका प्रवक्ता कैलाशप्रसाद ढुंगेलले पीसीआर मेसिन नभएका सबै जिल्लामा मेसिन राख्ने गरी निर्णय भएको बताए ।

पीसीआर मेसिन नभएका रामेछाप, सिन्धुलापाल्चोक लगायतका प्रदेश भित्रका जिल्लाले स्वाब संकलन गरेर परीक्षणको लागि छिमेकी जिल्ला वा धुलिखेल पठाउने गरेका छन् । जिल्लामा नै मेसिन राखिएपछि स्वाब परीक्षण गर्न छिटो र सजिलो हुने छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका सबै जिल्लामा पीसीआर मेसिन राख्ने निर्णय गरे अनुसार मेशिन खरिद प्रक्रिया अघि बढ्ने मन्त्री ढुंगेलले जानकारी दिए । मेसिन खरिद गरी यथाशिघ्र सञ्चालनमा ल्याइने उनले बताए ।

प्रदेश सरकारले प्रदेश अन्तर्गतका जिल्लामा बेड, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन रेगुलेटर, पीपीई सेट लगायतका उपकरण समेत सामाजिक विकास मन्त्रालयमार्फत् पठाएको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);