विनाशको बाटो रोज्नुहुन्न, माधव नेपालले राजीनामा दिनुहुन्न : विष्णु पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विनाशको बाटो रोज्नुहुन्न, माधव नेपालले राजीनामा दिनुहुन्न : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता माधव नेपाल लगायतले सांसद् पदबाट राजीनामा नदिने बताएका छन् ।

माधव नेपालसँग भेटबार्ता पछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले पार्टी पनि नफुट्ने र माधव नेपालले पनि सांसद् पदबाट राजीनामा नदिने बताए ।

आफूलाई माधव नेपालले राजीनामा दिने कुराको विश्वास नभएको समेत उनले बताएका छन् । सांसद् पदबाट राजीनामा दिएर पार्टी र आफ्नो विनाशको बाटो कुनै पनि नेताले रोज्न नसक्ने पौडेलको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);