कारबाही फुकुवा सकारात्मक सन्देश हो : भवानीप्रसाद खापुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कारबाही फुकुवा सकारात्मक सन्देश हो : भवानीप्रसाद खापुङ

काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपालसहित ४ नेतालाई गरेको निलम्बन फुकुवाले सकारात्मक सन्देश दिएको एमाले सांसद भवानी प्रसाद खापुङले बताए । खापुङ तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित नेकपा एमालेका प्रतिनिधि सभा सदस्य हुन् ।

एमालेको नेपाल पक्षमा खुलेका सांसद खापुङले बास्तवमा पार्टी मिलाउने गरी यो निर्णय गरिएको भए स्वागत योग्य भएको बताएका हुन् । ‘अन्तिम घडीमा जालझेल गर्ने गरी आएको भए अलग कुरा हो’, उनले भने ।

एमालेलाई एकताबद्ध बनाउन अदालतको फैसला अनुसार पार्टीलाई पहिलेको अवस्थामा फर्काउनु पर्छ भन्ने भए पनि कारबाही फुकुवाले त्यसको लागि बाटो खोल्न सक्ने उनको भनाई छ ।

बिहीबार बिहान बसेको नेकपा एमालेका स्थायी कमिटी बैठकले माधव कुमार नेपालसहित, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई लगाइएको ६ महिनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

केही लागेन भने मात्र सांसद पदबाट राजीनामा दिने कुरा भएको पनि खापुङले जानकारी दिए । ‘त्यस्तै प¥यो भने राजीनामा दिने भन्ने कुरा हो, नेताहरु छलफल मै हुनुहुन्छ, त्यसले के निर्णय गर्छ त्यही अनुसार हुन्छ’, खापुङले भने ।

उनले पार्टी एकताको पक्षमा कसैको पनि विमति नभएको बताए । तर सबैको आत्मसम्मानको कुरामा ध्यान दिनुपर्ने उनको भनाई छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);