नेपालसहित ४ नेताको निलम्बन फुकुवा पछि सहमति गर्न लाग्नु पर्नेमा भट्टराईको जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपालसहित ४ नेताको निलम्बन फुकुवा पछि सहमति गर्न लाग्नु पर्नेमा भट्टराईको जोड

काठमाडौं । नेकपा एमालेले नेता माधव कुमार नेपालसहित ४ नेतालाई लगाइएको निलम्बन फुकुवा गरेपछि नेपाल पक्षका नेता योगेश भट्टराईले अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्ने बताएका छन् ।

बिहीबार बिहान बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई गरिएको निलम्बन फुकुवा गरेलगत्तै नेता भट्टराईले ट्विट गर्दै यस्तो बताएका हुन् ।

यो पनि पढ्नुहोस

नेता नेपालसहित ४ नेतामा लगाइएको निलम्बन फुकुवा

पूर्वमन्त्री समेत रहेका भट्टराईले निलम्बन गर्नु हिजोको गल्तीका रुपमा संकेत गर्दै त्यसलाई सच्याउनु राम्रो भएको बताएका छन् ।

उनले लेखेका छन् –‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ । ’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले ४ नेतालाई समानान्तर गतिविधि गरिरहेको भन्दै ४ नेतालाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।

भट्टराई नेपाल पक्षका नेता भएपनि सकेसम्म एकता कायम गरौं भन्ने पक्षमा रहँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);