कारबाही रोक्न माग गर्दै नेपालसहित एमालेका १४ सांसद संसद सचिवालयमा | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

कारबाही रोक्न माग गर्दै नेपालसहित एमालेका १४ सांसद संसद सचिवालयमा

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदले कारबाही रोक्न माग गर्दै संसद सचिवालय पुगेका छन् ।

बुधबार अर्याल होटेलमा बसेको नेपाल पक्षको अनौपचारिक बैठकपछि कारबाही रोक्न संयुक्त निवेदनसहित संसद सचिवालयमा जाने निष्कर्षमा पुगेको हो ।

एमालेले मंगलबार नेपालसहितका १४ सांसदको पद खारेजीको माग गर्दै संसद सचिवालयमा पत्र दर्ता गरेको थियो । एमालले १४ सांसदलाई कारबाही गरेको सम्बन्धमा निर्वाचन आयोगलाई समेत जानकारी गराईसकेको बताइएको छ ।

एमालेले कारबाही गरेका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी रहेका छन् ।

Leave a Reply

ताजा समाचार