कारबाही फुकुवाले अब पार्टीलाई एक ढिक्का बनाउँछ – गोकर्ण विष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कारबाही फुकुवाले अब पार्टीलाई एक ढिक्का बनाउँछ – गोकर्ण विष्ट

gokarna bista

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले चार नेता माथिको कारबाही फिर्ता लिने निर्णयलाई सकारात्मक भएको बताएका छन् ।

निलम्बन फिर्ताले संवाद र एकताको वातावरण तयार भएको नेता विष्टले बताए ।

‘यो निर्णयबाट संवाद र एकताको वातावरण सकारात्मक दिशामा जाला भन्ने आशा गर्न सकिन्छ, त्यसैले यो एक हदसम्म सकारात्मक छ’, विष्टले भने, ‘हाम्रो माग भनेको पार्टीको पुरा प्रणाली जेठ २ मा फर्किनु पर्छ भन्ने हो, त्यसको लागि वातावरण तयार भएको छ ।’

आफूहरुको उद्देश्य सामूहिक राजीनामा नभएको नेता विष्टले बताए । ‘सामूहिक राजीनामा हाम्रो माग र उद्देश्य केही पनि होइन, हामी सुदृढ पार्टी चाहन्छौँ’– उनले भने ।

उक्त निर्णयले पार्टीलाई एकढिक्का बनाउन उर्जा दिने विष्टको बुुझाइ छ । ‘यो एकतावद्ध एमालेका लागि भएको एक प्रयास हो, यसलाई सकारात्मक निष्कर्षमा पु¥याउनु पर्छ’, उनले भने ।

नेकपा एमाले स्थायी कमिटीको आज बसेको बैठकले पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।
आइ.एन.ए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);