एकताको इमान्दार प्रयासलाई कमजोर पार्न झुठा प्रचार गरिदैंछ : गोकर्ण विष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एकताको इमान्दार प्रयासलाई कमजोर पार्न झुठा प्रचार गरिदैंछ : गोकर्ण विष्ट

gokarna bista

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकर्ण विष्टले नेकपा एमालेको एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न झुठा प्रचार गरिएको बताएका छन् । उनले आफ्नो प्रयासलाई कमजोर पार्ने दुराशयले केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरेको प्रति आपत्ति जनाएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता विष्टले किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् भने प्रश्न गरेका छन्। ‘नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला । ‘

विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने चाहना भएको बताएका छन् । उनले लेखेका छन्, ‘ पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो । ‘

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);