नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

केहीबेर अघि सुरु भएको यो पक्षको भर्चुअल बैठकमा एक सयजना केन्द्रीय सदस्यहरु सामेल रहेको बताइएको छ । बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता, पार्टी एकताको संभावना र विकल्प लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीबाट कारवाहीमा परिसकेका अनधिकृत व्यक्तिले आयोजना गरेका बैठकमा सामेल नहुन निर्देशन दिए पनि बैठक बसेको बताइएको छ । केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङ विज्ञप्ति जारी गर्दै बैठकमा सहभागि नहुन आग्रह गरेकाे हो ।

विज्ञप्तिमा विधान मिचेर बोलाईएको उक्त बैठक नजान आग्रह गरिएको छ । पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएकाले त्यस्तो बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस

एमालेमा ओली पक्ष र नेपाल पक्षको अलग अलग बैठक बस्दै

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);