गोकर्ण विष्टले भने– ‘एकताका लागि धैर्यता नगुमाऔं । पार्टी पंक्तिले एकता चाहेको छ ।’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गोकर्ण विष्टले भने– ‘एकताका लागि धैर्यता नगुमाऔं । पार्टी पंक्तिले एकता चाहेको छ ।’

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी पंक्तिले एकता चाहेको भन्दै विभिन्न घटनाक्रमहरुमा पनि धैर्यता नगुमाउन आग्रह गरेका छन् ।

नेता विष्टले सोमबार सामाजिक सञ्जालमा लेख्दै पार्टी एकताका लागि निरन्तर प्रयत्न भईरहेको उल्लेख गर्दै यस्तो बताएका हुन् । एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको सदस्य रहेका विष्टले अनेकन प्रतिक्रियाहरुको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार एमालेका २२ सांसदहरुले फ्लोर क्रस गर्दै विश्वासको मत दिएका थिए । सो पछि एमालेभित्रको विवाद झन् पेचिलो बनेको छ । यस्तो अवस्थामा एकताका लागि धैर्यता नगुमाउन उनले आग्रह गरेका छन् ।

उनले लेखेका छन्–‘हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौं । अनेकन प्रतिक्रियाहरुको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ । यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं । पार्टी पंक्तिले एकता चाहेको छ ।’

नेता विष्टले आफूहरुको दृढ प्रयत्नले सफलता पाउने विश्वास समेत व्यक्त गरेका छन् । ‘भावी पुस्तालाई सबल र एकीकृत कम्युष्टि आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने छ । ’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);