पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ : गोकर्ण विष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ : गोकर्ण विष्ट

gokarna bista

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्ति क्षणसम्म पनि इमान्दार प्रयत्न गरिरहने बताएका छन् ।

बिहीबार विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका हुन् ।

विष्टले लेखेका छन्, ‘ नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ । ‘

उनले थप लेखेका छन्, ‘ राष्ट्र जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’

यो पनि पढ्नुहोस

yogesh-hotel
भट्टराई र विष्ट नेपाल पक्षमा रहेको पुष्टि

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);