एकताको प्रयास गर्ने, तर वार्ता नलम्ब्याउने नेकपा एमालेको माधव पक्षको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एकताको प्रयास गर्ने, तर वार्ता नलम्ब्याउने नेकपा एमालेको माधव पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास निर्णय गरेको छ ।

बिहीबार र शुक्रबार गरी दुईदिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी एकता जोगाउन प्रयत्न गर्ने निर्णय गरेको हो ।

तर अध्यक्ष केपी शर्मा ओली पक्षसँग हुने वार्तालाई धेरै समय लम्ब्याउन नहुने नेताहरुको जोड छ । एमालेलाई २ जेठ २०७५ अगाडिकै अवस्थामा लैजाँदा एकता जोगिने निष्कर्ष निकालिएको बताइएको छ ।

वार्ताको ढोकाहरु खुला राख्ने निर्णयसँगै एकताको प्रयासमा अहिले चलिरहेको अनौपचारिक वार्ताहरु धेरै समय लम्ब्याउन नहुनेमा नेताहरुले जोड दिएको बताइएको छ । पार्टी जोगाउन अध्यक्ष केपी शर्मा ओली तयार हो भने चाँडो निष्कर्षमा पुग्नुपर्ने नेपाल समूहको ठहर छ ।

दुई दिनसम्म नेताहरुको राय सुनेपछि नेता नेपालले अन्तिममा पेश गरेको निर्णय प्रस्ताव बैठकले पास गरेको छ । निष्काशन र स्पष्टीकरणको गुटगत गतिविधि रोकेमा एकता प्रक्रिया अगाडि बढ्ने माधव पक्षको निष्कर्ष छ । भर्चुअल बैठकबाट पारित निर्णयहरु शनिबार औपचारिक रुपमा नै सार्वजनिक गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);