पूर्व प्रदेश प्रमुख मल्लको निधनप्रति देउवाद्वारा दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पूर्व प्रदेश प्रमुख मल्लको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस

सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्लको निधन

लामो समयदेखि निमोनियाबाट ग्रस्त मल्लको उपचारका क्रममा काठमाडौंस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको थियो ।

सभापति देउवाले बिहीबार एक शोक वक्तव्यमार्फत मल्लको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मेरा मित्र मोहनराज मल्लको असामयिक निधन भएको खबरले दुःखीत बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु । ‘

मल्ल २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुख बनेका थिए । मल्ल पूर्वराष्ट्रिय पञ्चायतका सदस्य कांग्रेस प्रवेश गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);