मुकुन्द रिजालको निधनप्रति सभापति बानियाँद्धारा दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

मुकुन्द रिजालको निधनप्रति सभापति बानियाँद्धारा दुःख व्यक्त

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले काठमाडौं–७ का क्षेत्रीय सभापति एवं काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

विज्ञप्ती जारी गर्दै बानियाँले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति बाग्मती प्रदेश र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन् ।

वि.स. २०२७ सालमा जन्मिएका रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । “उहाँको निधनले पार्टीले एक कुशल संगठनकर्ता र समग्र लोकतान्त्रिक आन्दोलनले एक होनाहोर नेतृत्व गुमाएकोछ ।”–जारी विज्ञप्तीमा उल्लेख छ ।

वडाध्यक्ष मुकुन्द रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान ७ः३० बजे निधन भएको थियो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज विहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म राष्ट्रिय सभागृहमा र विहान १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दीर परिसरमा राखिनेछ । तत्पश्चात अपरान्ह २ः३० बजे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);