पुसभित्रै नयाँ सरकार गठनको संभावना सकियो : विष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पुसभित्रै नयाँ सरकार गठनको संभावना सकियो : विष्ट

गुल्मी, १४ पुस । एमालेका सचिव एवं गुल्मी क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले पुसभित्रै नयाँ सरकार गठनको संभावना सकिएको बताएका छन् ।

गुल्मी सदरमुकाम तम्घासस्थित रेसुुङ्गा वहुमुखी क्याम्पसको ३५ औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै नेता विष्टले यस्तो बताएका हुन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिकको परिणाम घोषणा गरेपछि मात्र नयाँ सरकारको ढोका खुल्ने उनले बताए ।

‘एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि पटक-पटक संवाद भइरहेको छ’, उनले भने, ‘पार्टी एकताका विषयमा कसैले शंका गर्नु पर्दैन एकता भएरै छाड्छ ।’ शान्तिका अग्रदूत गौतमबुद्ध जन्मेको प्रदेशको राजधानी रुपन्देही नै हुनुपर्नेमा उनले जोड दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);