देउवाले बोलाए पदाधिकारी बैठक, सरकारमा दाबी गर्ने विषयमा छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

देउवाले बोलाए पदाधिकारी बैठक, सरकारमा दाबी गर्ने विषयमा छलफल हुने

sher bahadur deuwa

काठमाडौं । आफ्नो नेतृत्वमा सरकार गठनका लागि दौडधुपमा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

देउवाले बिहीबार बिहान जसपाका अध्यक्ष ठाकुर र नेता महतोलाई आफ्नो निवास बुढानिलकण्ठ मै छलफल गरेका थिए ।

आज अपरान्ह ४ बजे बस्ने भनिएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई समेत बोलाइएको बताइएको छ । बैठकमा पार्टीले सरकारमा दाबी पेश गर्ने विषयमा छलफल हुने बताइएको छ ।

गएको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए ।

यो पनि पढ्नुहोस

राष्ट्रपतिले दिएको समयसीमा आज सकिदैं, दलहरु अलमलमा

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);