कांग्रेस पदाधिकारी बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । आज बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने गरी बोलाएको पदाधिकारी बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्वास्थ्यमा समस्या देखिएका कारण बैठक स्थिगित गरिएको बताइएको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भने पछि सो विषयमा छलफल गरी भावी रणनीति तय गर्नका लागि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका थिए ।

मंगलबार बसिने बैठकमा विशेषगरी समसामयिक राजनीतिक अवस्थामा पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयका साथै १४ औं महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले यही २७ गते सदनबाट विश्वासको मत लिने जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गतेका लागि संसद अधिवेशन आह्वान गरिसकेकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);