स्वास्थ्यमन्त्री त्रिपाठीको सहयोगमा गृहजिल्ला नवलपरासीमा पीसीआर मेसिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्वास्थ्यमन्त्री त्रिपाठीको सहयोगमा गृहजिल्ला नवलपरासीमा पीसीआर मेसिन

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको पृथ्वी चन्द्र अस्पतालबाट अबदेखि कोभिड–१९ को स्वाब परीक्षण हुने भएको छ ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले स्वास्थ्य मन्त्रालयबाट आफ्नो गृहजिल्ला नवलपरासीमा एक थान पीसीआर मेसिन पृथ्वी चन्द्र अस्पतालको नाममा पठाएको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले जानकारी दिए ।

पीसीआर मेसिन जिल्लामा पठाएको भएपनि त्यसको सञ्चालनको लागि भने केही समय लाग्ने बताइएको छ । अस्पतालमा मेसिन सञ्चालनको लागि बजेटको अभाव र मेसिनको व्यवस्थापन कार्य बाँकी भएकाले त्यसको सञ्चालन गर्न केही समय लाग्ने अस्पताल प्रशासनले जनाएको छ ।

स्वाब परीक्षणका लागि आवश्यक दक्ष जनशक्ति पनि नभएकाले रामग्राम नगरपालिकालाई सहयोगको आग्रह गर्दै दुई जना स्वास्थ्यकर्मीलाई तालिमको निमित प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाईएको पनि अस्पताल प्रशासनले जानकारी दिएको छ ।

जिल्लामा पीसीआर मेसिन नहुँदा स्वाब परिक्षणका लागि बुटवल–भैरहवा पठाउनुपर्ने र त्यसको रिपोर्ट आउन हप्तौं समय लाग्ने भएकाले कोभिड बिरामीको उपचारमा बाधा हुन थालेपछि त्यसको न्यूनीकरणका लागि स्वास्थ्यमन्त्री सामु पीसीआर मेसिन पठाउन अस्पताल प्रशासनले आग्रह गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);