संक्रमितको उपचार र व्यवस्थापनमा सक्रिय डडेल्धुराका स्थानीय तह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संक्रमितको उपचार र व्यवस्थापनमा सक्रिय डडेल्धुराका स्थानीय तह

डडेल्धुरा । कोभिड संक्रमितको उपचार र व्यवस्थापनका धेरै काम स्थानीय सरकारले नै गर्न सक्ने र सोही अनुसार आफूहरुले काम गरिरहेको डडेल्धुरा अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । ओझा भन्छन्– ‘सानातिना कुरामा प्रदेश र केन्द्रले सघाउनु पर्दैन, प्रदेश र केन्द्रलाई दोष लगाएर हामी उम्कन मिल्दैन ।’

‘स्थानीय सरकारसँग पनि बजेट र साधन स्रोत छ, जनता बचे विकास पछि गरौँला, अहिले जनता बचाउन खर्च गर्ने हो’ ।

यतिबेला संघीय सरकार र प्रदेश सकारको ध्यान ठूला ठूला इकुपमेन्टस् र देशभित्र सहज नपाइने औषधि तथा उपकरणको व्यवस्थापनमा जानु पर्ने उनको भनाई छ । उनले ‘बाँकी त स्थानीय सरकारले मिलाउने हो ।’

डडेल्धुरा सुदूरपश्चिमको सात वटा जिल्लाको केन्द्र हो । त्यहाँ सुदूरपश्चिमका सातभन्दा बढी जिल्ला मानिस पुग्छन् । त्यसैले संक्रमणको व्यवस्थापनको लागि त्यहाँ ठूलै तयारी गर्नु पर्ने ओझाले बताए ।

अहिले डडेल्धुरा अस्पतालको दैनिक २७ सिलिण्डर अक्सिजन ग्यास उत्पादन गर्ने क्षमताको प्लान्ट छ । तर त्यसले संक्रमितलाई धान्ने अवस्था छैन । त्यसैले केन्द्र, प्रदेश स्थानीय सरकार मिलेर ठूलो प्लान्ट जडान गर्ने काम गर्नुपर्ने ओझाको प्रस्ताव छ ।

अहिले डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन छ । त्यो पीसीआर मेसिन स्थानीय तहकै व्यवस्थापनमा जडान गरिएको हो । संकट पर्दा स्थानीय तह मिलेर धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण विगतमा पनि डडेल्धुराले देखाइसकेको छ ।

अहिले कोभिड अस्पताल पनि सबै स्थानीय तहको साझेदारीमा बनिरहेको छ । अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । ढिलोमा १५ दिनमा सो अस्पताल सञ्चालनमा आइसक्ने बताइएको छ ।

शनिबार बेलुकासम्म अमरगढीमा १ सय ९९ सय जनामा कोभिड संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संक्रमण देखिएका धेरैमा रिपोर्ट पोजेटिभ आएपनि कुनै लक्षण देखिएको छैन । संक्रमितमध्ये धेरैजना होम आइसोलेसनमा छन् भने केही नगरपालिकाले बनाएको आइसोलेशनमा छन् । संक्रमितमध्ये २७ जना नियमित अक्सिजन दिनुपर्ने बिरामी भने डडेल्धुरा अस्पतालमा छन् ।

नगरपालिकाले एउटा विद्यालयमा आइसोलेसन बनाएको छ । त्यहाँ २० जनाको लागि बेड तयार छन् । जहाँ १२ जना बसेका छन् । सामान्य खालका संक्रमित त्यहाँ बस्छन् । अक्सिजन दिनु पर्ने बिरामी अस्पताल पठाइएको छ । अस्पतालमा अक्सिजन लगायतको प्रवन्ध नगरपालिकाले गरेको छ ।

अस्पतालको छेउमा रहेको रेडक्रसको भवनलाई समेत अस्पतालले प्रयोग गर्ने गरी १६ बेड थपिएको छ । स्वास्थ्यकर्मीलाई त्यहाँ बिरामी राख्दा हेर्न सजिलो हुन्छ भनेर त्यो व्यवस्था गरिएको नगरप्रमुख ओझा बताउँछन् ।

अन्यत्र जस्तै अहिलेको डडेल्धुराको समस्या पनि अक्सिजनकै छ । नगरपालिकाको टिपरले हिजो साँझ मात्रै ४० वटा अक्सिजनको सिलिण्डर नेपालगञ्जबाट ल्याएको छ ।

यसको विकल्पको रुपमा अक्सिजन उत्पादन गर्ने १० वटा मेसिन खरिद गर्न नगरपालिकाले पाँच दिनको टेन्डर आह्वान गरेको छ । त्यसले १० जनालाई नियमित अक्सिजन दिन सक्छ । ती मेसिन पनि अस्पतालमै राख्ने योजना नगरपालिकाको छ ।

त्यस्तै नगरपालिकाको जीपलाई एम्बुलेन्स बनाएर बिरामी बोक्न प्रयोग गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);